The chapter on Laxmi Prasad Devkota, one of Nepal's greatest poets, introduces students to his extraordinary literary contributions and his role as a pioneer of Nepali modern literature. Devkota, widely known as Mahakavi (Great Poet), is celebrated for his works that blend deep emotions, philosophical ideas, and a profound love for humanity and nature. This guide provides an in-depth understanding of the chapter, including key themes, analysis, and answers to the exercises, helping students appreciate his legacy and excel in their studies.
शब्दभण्डार
१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :
उत्तर :
युगपुरुष = कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति
नक्षत्र = ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक
जीवन = शरीरमा प्राण रहेसम्मको अवस्था
धडाधड = चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम सरासर,
म्याट्रिकुलेसन = हालको एसइई सरहको परीक्षा
प्रज्वलित = एकदम बलेको, दन्केको
परिवेष्टित = चारैतिरबाट घेरिएको
२.अनुच्छेदमा रेखाङ्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् :
राससका पत्रकार मोहन प्रमको अन्तर्वार्ता लिएर घर गए। उनकी श्रीमती रमा जनता माविमा प्रअ थिइन् । विव्यसको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिविका उपप्रा दावासँग र प्रजिअ रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोपमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।
उत्तर : राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए। उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन उत्तरःमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।
३.दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः
देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आफ्नो अब्बलता प्रदर्शन गरे । देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए । उनका चेला आज पनि उनी जस्तो शिक्षक र प्राध्यापकसँग तुलनीय व्यक्ति भेट्न नसकेको कुरा गर्छन् । शिक्षामन्त्री हुँदा नेपाली भाषालाई पठनपाठनमा अनिवार्य विषयका रूपमा लागु गर्ने गराउने कार्यमा उनैको विशेष पहलकदमी रह्यो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय संलग्न भएर संस्थागत रूपमा साहित्य र संस्कृतिको विकासको ढोका खोल्ने कार्यमा उनको योगदान चिरस्मरणीय रहेकै छ । त्रिभुवन विश्वविद्यालय कहाँ रहने भन्ने स्थान चयन पनि उनीबाटै भयो। उनी एक यस्ता मोती हुन् जसले जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई झन् झन् चम्काइदिए।
उत्तर :
प्राध्यापक (प्रा) :मेरो विश्वविद्यालयमा प्राध्यापक बनेर शिक्षण गर्ने लक्ष्य छ ।
नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान : मेरो मामा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे हुनुहुन्थ्यो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) : म स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयमा पढ्ने छु ।
४.दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :
उत्तर :
पठनपाठन : विद्यालयमा पठनपाठन सुरु भएको छ ।
देहावसान हुनु : लक्ष्मीप्रसाद देवकोटाको ५० वर्षको उमेरमा देहावसान भएको थियो ।
मन्त्रमुग्ध पार्नु : कृष्णले बाँसुरी बजाएर सबैलाई मन्त्रमुग्ध पारे ।
स्वर्णकाल : धेरै मान्छेहरु बाल्यकाललाई नै जीवनको स्वर्णकाल मान्छन् ।
भुलभुलैया : माया प्रेम भन्ने कुरा पनि दुई दिनको भुलभुलैया रहेछ ।
नवजात शिशु : नवजात शिशुलाई राम्रो स्याहार चाहिन्छ ।
बोध र अभिव्यक्ति
१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :
मानवतावादी, वरदपुत्र, शुभचिन्तक, दूरदर्शिता, उच्च पदस्थ, स्मरणशक्ति, उद्दीप्त, सारगर्भित, शृङ्खला, प्राध्यापक, नक्षत्र, प्रताडित
२. लक्ष्मीप्रसाद देवकोटा जीवनी पालैपालो सस्वरवाचन गर्नुहोस् ।
३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :
(क) 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?
उत्तर : 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ ।
(ख) जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य कुन हो ?
उत्तर : जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य 'उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्' हो ।
(ग) जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?
उत्तर : देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको संलग्नता र योगदानको सन्दर्भपछि आएको छ ।
(घ) देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔं अनुच्छेदमा छ ?
उत्तर : देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको छैटौँ अनुच्छेदमा छ ।
४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
छाँगो छडछडाए झै विजुली वेगमा कविता लेख्ने देवकोटा नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् । उनले विभिन्न साहित्यिक विधामा कलम चलाएका छन् । उनका 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप प्रमिथस' आदि प्रसिद्ध महाकाव्य हुन्। उनले 'मुनामदन', 'कुञ्जिनी' र 'लुनी' जस्ता दर्जनौं खण्डकाव्य लेखे । उनले 'यात्री', 'पागल', र 'प्रभुजी मलाई भेंडो बनाऊ' जस्ता सयौँ कविता लेखे । उनले कविता विधामा मात्र आफ्नो कलमलाई सीमित गरेनन् । उनले लेखेका साहै गहकिला निबन्ध 'लक्ष्मी निबन्ध संग्रह' 'दाडिमको रुखनेर' मा सङ्कलित छन् । उनको एउटा 'सावित्री सत्यवान' भन्ने नाटक र 'चम्पा' उपन्याससमेत प्रकाशित छ । वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौं साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । जति बेला ताते गर्दै नेपाली साहित्य क्रमशः किशोर वयतिर चढ्दै थियो, ठिक त्यति बेला नेपाली साहित्यले उनको कलमको जादुमय स्पर्श पायो । त्यसपछि नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे । अझ भनौं, उनी कवितैकवितामा कुराकानी गर्न सक्थे। त्यसो नहुँदो हो त तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेख्नु जोसुकैका लागि सम्भव हुने कुरा कहाँ थियो र । साहित्यमा देवकोटाका लागि भने असम्भव केही थिएन । अरू कविको नजरबाट ओझेल परेको झ्याउरे छन्द अर्थात् लोकभाकालाई 'मुनामदन' मार्फत् देवकोटाले नै शिखरमा पुऱ्याएका थिए। आफ्नो जीवन अवधिमा उनले कविताका क्षेत्रमा ७०० जति फुटकर कविताका साथै आधा दर्जन महाकाव्य रचना गरे । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् । ?
(क)देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?
उत्तर : देवकोटाको निबन्ध सङ्ग्रहको नाम 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर' हो।
(ख) देवकोटा प्रसिद्ध महाकाव्य कुन कुन हुन् ?
उत्तर : देवकोटा प्रसिद्ध महाकाव्य 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप प्रमिथस' आदि हुन् ।
(ग) देवकोटाले कुन कृतिमार्फत् लोकभाकालाई शिखरमा पुऱ्याए ?
उत्तर : देवकोटाले 'मुनामदन' मार्फत् लोकभाकालाई शिखरमा पुऱ्याए ।
(घ) देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ?
उत्तर : देवकोटाले आफ्नो जीवन अवधिमा प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध आदि रचना गरेकाले नेपाली साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् ।
५. दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्नुहोस् :
उत्तर :
(क) लक्ष्मीप्रसाद देवकोटाको जन्म : वि.सं. १९६६
ख) मनदेवी चालिसेसँग विवाह : वि.सं. १९८१
(ग) म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण : वि.सं. १९८२
(घ) आइएस्सी परीक्षा उत्तीर्ण : वि.सं. १९८५
(ङ) अङग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्ना : वि.सं. १९७७
(च) अफ्नो एसियाली लेखक सम्मेलनमा सहभागी : वि.सं. २०१५
(छ) डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्तः वि.सं. २०१३
६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस् ।
उत्तर : लक्ष्मीप्रसाद देवकोटाले जीवनमा पारिवारिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा समस्या भोग्नुपर्यो । देवकोटाले २५-२६ वर्षको उमेरमा बुबा, आमा र छोरी गुमाउनु पर्यो । उनले जीवनमा 'पागल' को संज्ञा पनि खेप्नुपर्यो । देवकोटालाई क्यान्सर रोगले सतायो । एकातिर क्यान्सरको सहनै नसकिने पीडा र अर्कातिर उपचारको आर्थिक सङ्कटले देवकोटालाई प्रताडित गर्यो । लक्ष्मीपूजाका दिन जन्मे पनि जीवनभर उनलाई लक्ष्मीले उपेक्षा गरिन् । यसरी उनको जीवनमा अनेकौं उतारचढाव आएको बुझ्न सकिन्छ ।
(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।
उत्तर : नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । उनी बिरामी भएर भारतमा उपचार गराउँदा विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिएर काठमाडौँ आए । देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरे । नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाए । त्यसैगरी उनको प्रतिभा राणाहरूको निरङ्कुशतामा पनि मुर्भाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो । मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए। उनी बनारसबाट निस्किने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध विद्रोहको वाणी फुके ।
(ग) देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस् ।
उत्तर : आशुकवि भनेर छिटो कविता रच्न सक्ने कविलाई बुझिन्छ । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे र कवितैकवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका थिए । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे। उनले कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा उत्कृष्ट वर्णन गर्न सक्थे । त्यसैले उनलाई आशुकवि मान्न सकिन्छ ।
(घ) 'लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।
उत्तर : देवकोटा एक यस्ता मोती थिए जसले, जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई चम्काइदिए । पारिवारिक वियोग, चरम आर्थिक अभाव र प्रतिकूल राजनैतिक अवस्थामा पनि उच्च स्तरका साहित्य रचना गरेका थिए । हामी पनि प्रतिकूल अवस्था भए पनि लक्ष्यमा अग्रसर हुनुपर्छ । आफ्नो देशलाई माया गर्नुपर्छ अनि समाज र राष्ट्रको सेवामा तल्लीन रहनुपर्छ । आफ्नो भाषा र साहित्यलाई विश्वमा चिनाउनुपर्छ । आफ्नो क्षमतालाई चिनेर अगाडि बढ्ने मानिस सफल मान्छे बन्न सक्छ । यसरी मानवताको भाव बोकेर समाजका कुनै न कुनै क्षेत्रमा विशेष योगदान पुऱ्याउन सक्नुपर्छ भन्ने सन्देश उनको जीवनीबाट पाउन सकिन्छ ।
७. व्याख्या गर्नुहोस् :
(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ?
उत्तर : माथिको वाक्यांश 'लक्ष्मीप्रसाद देवकोटा' जीवनी पाठबाट उद्धृत गरिएको हो । जतिबेला देवकोटाको कलमको जादु सुरु भयो, त्यतिबेला नेपालमा राणाहरूको निरङ्कुश शासन चलिरहेको थियो । खुलेर साहित्य सिर्जना गर्न नपाइएको त्यो प्रतिकूल समयमा उनको साहित्यकार व्यक्तित्व कहिल्यै मुर्भाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो । उनको कलम साँघुरो सुरुङभित्र सीमित रहेन ।
मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनले बनारसबाट प्रकाशित हुने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । उनकै पालामा र उनको पनि संलग्नतामा काठमाडौँमा पुस्तकालय खोली जनतामा राणाविरोधी चेतना फैलाउन खोज्दा राणाहरुद्वारा लाईब्रेरी पर्व पनि घटाइएको थियो । यस्तो अवस्थामा पनि बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । स्वच्छन्दतावादी कविको विशेषता बोकेका कवि देवकोटाले निरङ्कुश शासन व्यवस्था हुँदा पनि स्वच्छन्द बनेर सिर्जनामा लागिरहे । राणाहरुको धरपकड, डर धम्की र त्रासका बाबजुद पनि यो तह र सङ्ख्यामा साहित्य सिर्जना गर्नुले देवकोटाको प्रतिभा नरोकिएको स्पष्ट हुन्छ । जसरी महासागरको पानी साँघुरो सुरुङभित्र बग्न सक्दैन, त्यसरी नै राणाहरूको निरङ्कुशताभित्र देवकोटाको प्रतिभा सीमित हुन सकेन । उनको प्रतिभा विश्वभर फैलियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो
(ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।
उत्तर : माथिको वाक्यांश 'लक्ष्मीप्रसाद देवकोटा' जीवनी पाठबाट उद्धृत गरिएको हो । वि.सं. २०१५ मा तत्कालीन सोभियत संघमा भएको 'अफ्रो एसियाली लेखक सम्मेलन' मा भाग लिँदा उनले यो महत्त्वाकाङ्क्षी विचार प्रस्तुत गरेका थिए । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिभा विश्वभर फैलिएको थियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुगेको थियो । देवकोटाले नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाएका थिए। 'अफ्रो एसियाली लेखक सम्मेलन' मा उनले नेपाली साहित्य विश्व साहित्यसँगै हातेमालो गरेर अगि बढ्ने विचार प्रस्तुत गरेका थिए । यो कुरा सहभागीको हृदय हल्लाउने गरी सारगर्भित पाराले यसरी व्यक्त गरेका थिए । नेपाली
साहित्य हिउँ र पर्वतशृङ्खलाको भुलभुलैयामा बिलाउने छैन र विश्व साहित्यकै स्तरमा विकास हुने बताएका थिए । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्टित गर्ने साहित्यको असीम महासागरमा मिल्ने उनको आँकलन थियो । उनको यो आत्मविश्वास प्रशंसनीय छ । यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलविन्दुका रूपमा फेरि हाम्रा पहाडमा नै बर्सने कुराबाट उनको नेपाली साहित्यप्रतिको प्रेम झल्किन्छ । वास्तवमा यस्तो व्यक्तित्व नेपाली साहित्यले पाउनुमा हामी गर्व गर्ने पर्छ ।
८. लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।
उत्तर : विराट् प्रतिभाशाली र महान् कवि लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६-२०१६) नेपाली साहित्यका अतुलनीय योगदान दिने चिरस्मरणीय स्रष्य हुन् । नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन्। त्रिचन्द्र कलेजबाट बी. ए. सम्मको शिक्षा हासिल गरेका देवकोटाले बिजुली वेगमा अनवरत साहित्य रचना गरे। देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याए।
दरबार हाइस्कुल पढ्दादेखि नै कविता लेख्न सुरु गरेका देवकोटाले त्यसै बेला अङ्ग्रेजीमा कविता लेखेर समस्त शिक्षक र सहपाठी साथीलाई चकित पारिदिएका थिए । छाँगो छङछङाएझै बिजुली वेगमा कविता लेख्ने देवकोय नेपाली भाषा साहित्यका स्वच्छन्दतावादी साहित्यकार हुन् । उनका शाकुन्तल, सुलोचना, महाराणा प्रताप प्रमिथस आदि प्रसिद्ध महाकाव्य हुन् । उनले मुनामदन, कुञ्जिनी र लुनी जस्ता दर्जनौँ खण्डकाव्य लेखे । उनले यात्री, पागल जस्ता सयौँ कविता लेखे। उनले लेखेका साहै गहकिला निबन्ध लक्ष्मी निबन्ध सङ्ग्रह दाडिमको रुखनेरमा सङ्कलित छन् । उनको एउटा सावित्री सत्यवान भन्ने नाटक र चम्पा उपन्याससमेत प्रकाशित छ। वास्तवमा उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए। उनको कलमको जादुमय स्पर्शले नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर हुन पुग्यो । उनले मुनामदनमार्फत् ओझेल परेको झ्याउरे छन्दलाई देवकोटाले नै शिखरमा पुऱ्याएका थिए। उनले तीन महिनामा शाकुन्तल महाकाव्य, १० दिनभित्रका ६० घण्टामा सुलोचना महाकाव्य र एकै रातमा कुञ्जिनी खण्डकाव्य लेखेका थिए। त्यसैले उनी आशुकवि हुन्। उनी त्रिचन्द्र कलेजका प्राध्यापक पनि भए। उनी २०१३ सालमा डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्री बने। देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरेर आ नो अब्बलता प्रदर्शन गरे। देवकोटा आफूले हात हालेका हरेक क्षेत्रमा एक असल व्यक्तित्वका रूपमा चिनिए।
उल्लिखित योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । उनले विश्व समुदायमा नेपाली जाति र भाषाको शिर उच्च पारेका थिए। क्यान्सरकै कारण मृत्युशैयामा छटपटाउँदा पनि उनले साहित्य सिर्जना गर्न छोडेनन् । देवकोटाको कवित्व प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ। नेपाली कविताको अहिलेसम्मको यात्रामा प्रतिभा, रचना परिमाण र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन्। उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन् ।
९. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् :
भाषाले भाषिक समुदायको संस्कृति र जीवनपद्धतिलाई प्रतिबिम्बित गर्छ। भाषाको मुख्य काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो। नेपाली भाषामा प्रखर अभिव्यक्ति क्षमता छ अनि अत्याधुनिक आविष्कारका साथै विविध भाषामा प्रयोग भइरहेका नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने र सहज रूपमा पचाउने क्षमता पनि छ। देशको भाषिक मौलिकताको रक्षा राष्ट्रको अस्मितासँग नै गा'सिएको हुन्छ। मौलिक नेपाली शब्दले भाव सम्प्रेषण गर्न सक्ने अवस्था रहेसम्म सजिलाका लागि अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता यसका वक्तामा रहनुपर्छ। अन्थया भाषिक प्रयोगका हिसाबले नेपाली भाषाको मौलिकता विलीन हुँदै जाने र मिश्रित भाषाका रूपमा नेपाली भाषा रूपान्तरित हुने अवस्था आउन सक्छ । नेपाली पत्रकारितामा भाषिक प्रयोग नेपालको मौलिक पहिचानसँग गाँसिएको सवाल हो। यसका निम्ति भाषिक आत्मनिर्भरतातिर पनि हाम्रो सोच र प्रयास अगाडि बढ्नुपर्छ
उत्तर :
बुँदा टिपोटः
-भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु रहेको,
-नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको,
-नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्ने,
-भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्ने ।
नेपाली भाषाको संरक्षण
भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो। नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ। नेपाली भाषाका वक्तामा अरू भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ। भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्छ ।
अनुच्छेदमा दिइएको शब्द सङ्ख्याः ११५
सारांशमा हुनुपर्ने शब्द सङ्ख्याः ३९
सारांशमा भएको शब्द सङ्ख्याः ४४
१०.व्यक्तिवृत्तको ढाँचाबारे दिइएको अनुच्छेद अध्ययन गर्नुहोस् र माध्यमिक तहमा शिक्षक हुनाका लागि आवश्यक हुने विवरण समावेश गरी व्यक्तिवृत्त बनाउनुहोस् :
व्यक्तिवृत्तमा व्यक्तिका वैयक्तिक जानकारी प्रस्तुत गरिन्छ। यसमा व्यक्तिको नाम, जन्ममिति, आमाबुवाको नाम, स्थायी अस्थायी ठेगाना, शिक्षादीक्षा, पेसा व्यवसाय, काम, रुचि क्षेत्र, कामको अनुभव, तालिम, विशेष दक्षता, सम्पर्क नम्बर, इमेल जस्ता सूचना समावेश गरिन्छन्। जागिर खाने, पेसा व्यवसाय गर्ने, विदेश जाने आदि प्रयोजनका लागि व्यक्तिगत विवरण प्रस्तुत गरिन्छ। व्यक्तिगत विवरणको अन्त्यमा सम्बन्धित व्यक्तिको हस्ताक्षर अनिवार्य हुन्छ ।
उत्तर :
व्यक्तिवृत्त
नाम : हुमाकान्त बेल्बासे
जन्ममिति : वि.सं. २०४२-०२-२१
आमाबुवाको नाम : डिलकुमारी बेल्बासे र ढालप्रसाद बेल्बासे
स्थायी ठेगाना : सितगंगा-६, अर्घाखाँची
अस्थायी ठेगाना : बाणगंगा-४, कपिलवस्तु
शिक्षादीक्षा : शिक्षाशास्त्रमा स्नातकोत्तर
पेसा व्यवसाय तथा काम : शिक्षण
रुचि क्षेत्र : अध्ययन र अध्यापन
कामको अनुभव : निजी शैक्षिक संस्थामा करिब १३ र सामुदायिक विद्यालयमा ४ वर्ष अध्यापन
तालिम : कम्प्युटर तालिम, शिक्षक तालिम
विशेष दक्षता : अनलाइन शिक्षण, भिडियो सामग्री निर्माण
सम्पर्क नम्बर : ९८५११९९४८३
इमेल : gaurab123@gmail.com
हस्ताक्षर : gaurabsubedi
११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाईंलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस् ।
उत्तर : लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि मलाई भविष्यमा असल मान्छे बनूँ जस्तो लाग्यो। हुनत मसँग लक्ष्मीप्रसाद देवकोटासँग जस्तो अद्वितीय प्रतिभा त छैन तैपनि आफ्नो क्षमता र हैसियतले भेटेसम्म समाजको कुनै क्षेत्रमा योगदान पुऱ्याउने इच्छा बढेको छ । साहित्यिक र यस्तै कलाका क्षेत्रमा काम गर्न नसके पनि एउटा समाजसेवी भएर समाजको सेवा गर्न मन लाग्यो । हामीले व्यक्तिगत खुसी मात्र हेरेर नहुने रहेछ । एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले अरुको लागि पनि काम गर्नुपर्ने रहेछ । म पहिला त राम्रोसँग आफ्नो अध्ययनलाई पुरा गर्ने छु अनि एउटा सफल र असल मान्छे बनेर समाजको हितमा पनि लाग्ने छु ।
१२. 'देवकोटा छाँगो छङ्छङडाए झै कविता लेख्ने कवि हुन्' भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस् ।
उत्तर :
'देवकोटा छाँगो छड्छडाए झै कविता लेख्ने कवि हुन्'
महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने नेपाली साहित्यका युगपुरुष हुन् । छाँगो छङछङाए झै विजुली वेगमा कविता लेख्थे । उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे। अझ भनौँ, उनी कवितैकवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका थिए ।। यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् । प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रूपमा सम्मानित छन् । उनी आशुकवि हुन् । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे । उनले छोटो समयमा मात्र लेखेनन्, स्तरीय र गहन कृतिहरु लेखे । त्यसैले छाँगो छड्छुडाए झै उनका कलमबाट सिर्जना फुरिरहन्थे भन्ने कुरामा दुई मत छैन ।
१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युत्को प्रवाह हो चट्याङ। जब बादलमा भएका कण आवेशित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत् उत्पन्न हुन्छ। यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ । यसैलाई हामी आकाशमा बिजुली चम्केको वा चट्याङ परेको भन्छौँ । थोरै र सामान्य बचाउको प्रयास गर्दा चट्याङबाट हुने क्षतिबाट जोगिन सकिन्छ । चट्याङ पर्न लाग्दा फलामे पदार्थभन्दा टाढै बस्नुपर्छ । यस्तो क्षणमा सकेसम्म विद्युतीय उपकरणको प्रयोग नगर्ने, बिजुलीको पोल छेउमा नबस्ने, सकेसम्म मोबाइल वा टेलिफोनको उपयोग नगर्ने, चट्याङ पर्न लाग्दा पानीमा पौडिरहेको भए समतल भूमिमा निस्किने र सुरक्षित स्थानमा आश्रय लिने गर्नुपर्छ । यस्तो वेला अग्लो वस्तु, रुख, झन्डा बाँध्ने पाइप वा बॉसनजिक जानहुँदैन । खुला चउर, खुला संरचना तथा गाडीमा पनि जानुहुँदैन । यस्तो बेला कम्युटर, टेलिफोन जस्ता विद्युतीय सुचालक वस्तुबाट टाढा बस्नुपर्छ । चट्याङको आवाज आइरहेका बेला तारवाला फोन उपयोग गर्नुहुँदैन । आकाशमा बादल तीव्रताका साथ गर्जिरहेको छ भने पक्की भवनमा आश्रय लिनुपर्छ । वर्षाको चट्याङ केही समय मात्र हुने भएकाले घरबाहिर परियो भने एकछिन पर्खनु राम्रो हुन्छ । कुनै व्यक्ति चट्याङले प्रभावित भएको भए तुरुन्त अस्पताल लानुपर्छ। चट्याङ प्रभावित व्यक्तिको शरीरमा विद्युतीय झड्का रहँदैन त्यसैले यस्ता व्यक्तिलाई छँदा कुनै असर पर्दैन ।
(अ) चट्याङ भनेको के हो ?
उत्तर : समुद्र सतहभन्दा १५ हजारदेखि २५ हजार फिटमाथि आकाशमा उत्पन्न विद्युत्को प्रवाह चट्याङ हो ।
(आ) चट्याङ कसरी पर्छ ?
उत्तर : जब बादलमा भएका कण आवेशित भएर धन र ऋण आवेशमा परिवर्तित हुन्छन् तब विद्युत् उत्पन्न हुन्छ । यो करेन्टले कहिलेकाहीँ पृथ्वीको सतहमा उच्च भोल्टेजले ठक्कर खान्छ र चट्याङ पर्छ ।
(इ) चट्याङ परेका वेला गर्न नहुने काम के के हुन् ?
उत्तर : चट्याङ परेका वेला अग्लो वस्तु, रुख, गाडी, खुला ठाउँ, झन्डा बाँध्ने पाइप वा बॉसनजिक र विद्युतीय वस्तुनजिक जानुहुँदैन ।
(ई) चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ ?
उत्तर : चट्याङबाट हुने दुर्घटनाबाट बच्न पक्की भवनमा आश्रय लिनुपर्छ ।
भाषिक संरचना र वर्णविन्यास
१. दिइएको अनुच्छेद पढ्नुहोस् र कक्षामा छलफल गर्नुहोस् :
व्याकरणपुरको एउटा टोलमा कारकको परिवार बस्थ्यो । कारकका छ सन्तान थिए, कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण । यी सबैको काम आवश्यकताअनुसार वाक्यमा आएका पदलाई क्रियासँग त्यसको अर्थका आधारमा फरक फरक सम्बन्धसहित वाक्यलाई अनुशासनमा राख्नुपर्ने थियो। उनले कर्तालाई बोलाएर भने, “हेर कर्ता, तिमीले क्रियाले अह्राएको काम गर्नू । तिमीलाई चाहियो भने 'ले' को सहयोग पनि लिन सक्छौं है ।" त्यस दिनदेखि कर्ताले क्रियाको काम सम्पन्न गर्न थाल्यो । उनले कर्मलाई भने, "हेर कर्म ! तिमीलाई क्रियाले काम गर्दा अलि असर वा प्रभाव पर्न सक्छ, राम्ररी ख्याल गर्नु है। तिमीलाई चाहिँदा 'लाई' ले सघाउला ।” त्यसपछि करणलाई बोलाएर भने, "हेर करण ! तिमी चाहि कर्ताले गर्ने कामका लागि क्रियाको साधन बन है, तिमीसँग 'ले', 'बाट' पनि सँगै आउँछन् ।” त्यसपछि क्रमशः सम्प्रदानलाई क्रियाले दिएको पाउने अर्थमा वाक्यमा खटिन अह्राए र यससँग 'लाई' 'का लागि निम्ति' आउन सक्छन् भने । अपादानलाई 'देखि', 'बाट' जस्ता सङ्केतका साथ छुट्टिने अर्थमा प्रयोग हुन् भनी खटाए । अधिकरणलाई चाहिँ कामको समय र स्थानगत आधार दिनु भनी आदेश दिए र त्यसमा कहिलेकाहीँ 'मा' ले सहयोग गर्छ पनि भने । त्यसपछि सबैले आआफ्नो जिम्माको काम गरौं। कारकलाई व्याकरणपुरको असाध्यै अनुशासित परिवार भन्नेछन् भनी उनले सुनाए । अँ, एउटा कुरा ख्याल गर । को, का, की जस्ता चिह्न लागेका शब्द कारक होइनन् नि, तिनले त नजिकको पदसँग मात्र सम्बन्ध जनाउँछन् ।
७. 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीबाट 'छ्य' र 'क्ष' प्रयोग भएका चार चारओटा शब्द टिपोट गरी लेख्नुहोस् ।
उत्तर : 'छ्य' प्रयोग भएका शब्दः छन्, छाएको, छिया, इच्छा,
'क्ष' प्रयोग भएका शब्दः लक्ष्मीप्रसाद, नक्षत्र, शिक्षित, शिक्षक ।
8. दिइएका 'छ्य' र 'क्ष' प्रयोग भएका शब्द पर्ने गरी छोटो अनुच्छेद लेख्नुहोस् :
पछ्यौरी, छ्याप्नु, हाछ्यूँ, कक्षा, शिक्षा, शिक्षित, क्षण, दक्ष, रक्षा
उत्तर :
सुप्रिया गुलाबी पछ्यौरी ओढेर विद्यालय आएकी थिइन् । उनलाई बाटोमा गाडीले हिलोले छ्यापेछ । चिसो लागेर होला, उनी हाछ्यूँ पनि गरिन् । कक्षामा उनलाई सबैले माया गर्छन् । उनको शिक्षा यही विद्यालयबाट सुरु भएको हो । उनको बुबाआमा पनि शिक्षित हुनुहुन्छ । उनीसँग बिताएका हरेक क्षण अविस्मरणीय छन् । उनी भविष्यमा दक्ष व्यक्ति बनेर समाजको रक्षा गर्ने छिन् भनेर सबैले आशा गरेका छौं ।
९. दिइएको अनुच्छेदलाई शुद्ध गरी पुनर्लेखन गर्नुहोस् :
ग्यवाली षरले कछ्यामा आएर नेपाली भासा र शाहित्य पढाउनुभयो । उहाँको षिकाउने तरिका गजबकै छ । उहाँले पढाएको त क्षाङ्गै बुझिन्क्ष। दिनेस, उमेष र रिसिलाई पनि उहाँले पढाएको षारै मन पर्क्ष रे।
उत्तर : ज्ञवाली सरले कक्षामा आएर नेपाली भाषा र साहित्य पढाउनुभयो । उहाँको सिकाउने तरिका गजबकै छ । उहाँले पढाएको त छ्याङ्गै बुझिन्छ । दिनेश, उमेश र ऋषिलाई पनि उहाँले पढाएको साह्रै मन पर्छ रे ।
सिर्जना र परियोजना कार्य
१. दिइएका बुँदाका आधारमा इन्दिरा प्रसाईको जीवनी तयार पार्नुहोस् :
उत्तर : इन्दिरा प्रसाई, जन्म वि.सं. २०१४ फागुन ३, दार्जिलिङ, ठेगानाः काठमाडौँ महानगरपालिका, अनामनगर मातापिताः दुर्गादेवी नेपाल र गणेशप्रसाद शर्मा, शिक्षाः एम.बी.ए. (त्रिवि), साहित्यिक कृतिः कथा, कविता, निबन्ध, उपन्यास, खण्डकाव्य, समीक्षात्मक जीवनीमूलक निबन्ध, साहित्यिक विशेषताः नारीवादी साहित्यकार, सामाजिक कथाकार, मनोवैज्ञानिक कथाकार, जीवन र विज्ञानको समन्वय गरी साहित्य लेख्ने साहित्यकार, सम्मान पुरस्कारः युवावर्ष मोति पुरस्कार, मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय गौरव युवासम्मान, दीपज्योति पुरस्कारलगायत थुप्रै पुरस्कारबाट सम्मानित
उत्तर :
इन्दिरा प्रसाई
मानिसहरु आफ्नो प्रतिभा, कला र क्षमताबाट प्रसिद्ध बन्न सक्छन् । त्यस्तै नेपाली साहित्य सिर्जनामा लागेर साहित्यप्रेमी माझ प्रसिद्ध नाम हो, इन्दिरा प्रसाई। उनको जन्म वि.सं. २०१४ फागुन ३ गतेका दिन भारतको दार्जिलिङमा भएको थियो। उनको जन्म भारतमा भए पनि उनी अहिले काठमाडौं महानगरपालिकाको अनामनगरमा बसोबास गर्दै आएकी छिन् । उनी पिता गणेशप्रसाद शर्मा र माता दुर्गादेवी नेपालका सन्तान हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए. सम्मको शिक्षा हासिल गरेकी छिन् ।
जन्मथलो भारत भए पनि कर्मथलो नेपाललाई बनाएर नेपाली साहित्य सिर्जनामा लागेकी स्रष्टय प्रसाईले कैयौँ कृतिहरु रचेकी छिन् । उनले कथा, कविता, निबन्ध, उपन्यास, खण्डकाव्य, समीक्षात्मक जीवनीमूलक निबन्ध आदि विभिन्न विधामा कलम चलाएकी छिन् । बहुमुखी प्रतिभाकी धनी प्रसाईं कथाकारका रुपमा बढी चिनिन्छिन् । उनलाई नेपाली साहित्यमा नारीवादी साहित्यकार, सामाजिक कथाकार, मनोवैज्ञानिक कथाकार र जीवन र विज्ञानको समन्वय गरी साहित्य लेख्ने साहित्यकारका रुपमा चिनिन्छ। उनले नेपाली साहित्यमा अविस्मरणीय योगदान दिएकी छिन् । यही योगदानको कदर गर्दै उनलाई थुप्रै पुरस्कारले सम्मान गरिएको छ । उनी युवावर्ष मोति पुरस्कार, मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, राष्ट्रिय गौरव युवासम्मान, दीपज्योति पुरस्कारलगायत थुप्रै पुरस्कारबाट सम्मानित भएकी छिन् । इन्दिरा प्रसाईं निरन्तर नेपाली साहित्य साधनामा लागिरहेकी छिन् ।
भूगोलको सीमाभन्दा माथि उठेर नेपाली साहित्यको विकासमा लागेकी प्रसाईंबाट हामी पनि कुनै क्षेत्रमा लागेर उल्लेखनीय योगदान पुऱ्याउन प्रेरणा प्राप्त गर्न सकिन्छ।
As the National Examination Board (NEB) of Nepal introduced an updated syllabus in 2080, it is crucial for students to have access to reliable resources. We are excited to offer you a comprehensive guide that includes the solutions to all exercises in this chapter, ensuring a thorough understanding and enabling you to excel in your Nepali studies.
How This Guide Helps Students
1. Comprehensive Understanding:By explaining the life and works of Laxmi Prasad Devkota, this guide helps students appreciate his contributions and understand the chapter’s importance.
2. Preparation for Exams:
With detailed solutions and summaries, students can confidently answer questions related to the chapter in their exams.
3. Literary Appreciation:
The guide encourages students to explore Devkota’s works beyond the textbook, fostering a deeper appreciation for Nepali literature.
4. Life Lessons:
Devkota’s journey and writings inspire students to face challenges with courage and pursue their passions with dedication.
Conclusion
Laxmi Prasad Devkota remains a towering figure in Nepali literature, whose works continue to inspire generations. The chapter on his life and legacy is a reminder of the transformative power of literature and the enduring relevance of his messages about humanity, nature, and creativity.
By studying this chapter, students not only prepare for academic success but also gain valuable insights into life, resilience, and the beauty of artistic expression. Let this guide be your companion in celebrating the life and works of Nepal’s beloved Mahakavi.
If you have any doubts, Please let me know